
News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीपहिरोका कारण रसुवा नाकामा अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका भएर नेपाल फर्किएका छन्।
- गत २३ असारमा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि ती नेपाली चीनतर्फ अलपत्र परेका थिए।
- तातोपानी नाकामा फर्किएपछि उनीहरूको स्वास्थ्य परीक्षण र खानाको व्यवस्था भोटेकोशी गाउँपालिकाले गरेको छ।
७ असार, काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण रसुवा नाकामा अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका भएर बुधबार नेपाल फर्किएका छन् ।
तातोपानी नाका भएर फर्किने २०५ जनामध्ये २ जना बालबालिका रहेका छन् ।
गत २३ असारमा भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएपछि उनीहरू चीनतर्फ नै अलपत्र परेका थिए ।
अलपत्र परेका उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीसहितको गाडीमा केरुङबाट तातोपानी नाका ल्याइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
तिब्बतको न्यालाम स्थित विदेश विभागका प्रतिनिधि टोलीले उद्धार गरिएका नेपालीलाई सुरक्षा समितिको जिम्मा लगाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
तातोपानी आएपछि उनीहरूको स्वास्थ्य परीक्षण र खानाको व्यवस्था भोटेकोशी गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया 4