+
+
Shares

हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू

त्यसो त, प्रदर्शनकारीहरूले जेन-जी आन्दोलनको दोस्रो दिन सिंहदरबारमात्र जलाएनन्, त्यहाँका सामग्रीहरू पनि लुटपाट गरे ।

सापेक्ष सापेक्ष
२०८२ भदौ ३० गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए, जसमा महिला-पुरुष दुवै संलग्न थिए।
  • प्रदर्शनकारीहरूले सिंहदरबारमात्र जलाएनन्, त्यहाँका सामग्रीहरू पनि लुटपाट गरे र प्रहरीका हतियारसम्म खोसे।
  • हतियारबद्ध नेपाली सेनाको उपस्थितिमा पनि आगजनी र लुटपाट रोकिएन, कतिपयले ल्यापटपदेखि टेलिभिजन स्क्रिनसम्म बोकेर हिंडे।

३० भदौ, काठमाडौं । सामाजिक सञ्जालमा आएका र सञ्चारकर्मीहरूले कैद गरेका दृश्य सामग्री हेर्दा कति पनि लाग्दैन, मङ्गलबार दिउँसो जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए ।

ती दृश्य सामग्रीले सिंहदरबार जलाउन ट्याटु हानेका, विदेशी नागरिक, साधु पहिरनमा देखिएकादेखि अनुहार पूरै ढाक्ने मास्क लगाएकासम्म देखिन्छन् ।

आगो लाग्नेदेखि लुटपाट मच्चाउने कामसम्म महिला-पुरुष दुवैको संलग्नता देखिन्छ ।

यद्यपि, यी कामहरूमा नवयुवाहरू पनि संलग्न नभएका भने होइनन् तर, तुलनात्मक रूपमा कम ।

त्यसो त, प्रदर्शनकारीहरूले जेन-जी आन्दोलनको दोस्रो दिन सिंहदरबारमात्र जलाएनन्, त्यहाँका सामग्रीहरू पनि लुटपाट गरे ।

कतिपयले प्रहरीका हतियारदेखि बर्दीसम्म खोसे । योसँगै भिडमा केही बन्दुकधारीहरू समेत देखिन थाले ।

कतिपयले सिंहदरबार जलाउनेलाई रोक्न खोजेको देखिए पनि भिडका अगाडि उनीहरू निरीह देखिन्छन् ।

हतियारबद्ध नेपाली सेना सँगै/छेवैमा हुँदा पनि आगजनी र लुटपाटका घटना रोकिएनन् ।

कतिपय युवतीहरू ल्यापटपदेखि कम्प्युटरका मोनिटरसम्म बोकेर हिंडिरहेका देखिन्छन् ।

एकजना प्रौढ ठूलो टेलिभिजन स्क्रिन बाइकमा राखेर घर जाँदै गरेका देखिन्छन् । हतियार लुटेर प्रदर्शन गरिरहेका कैयौं प्रदर्शनकारीहरूको अनुहार स्पष्टै देखिन्छ ।

लुटपाटमा संलग्न कतिपयले सामान्य भन्दा सामान्य सामग्रीहरू पनि ओसारिरहेका देखिन्छन् ।

अनलाइनखबरले सिंहदरबार जलाउँदाको श्रव्यदृष्यलाई विश्लेषण गरेर आगजानी र लुटपाटमा संलग्न केही प्रतिनिधि दृश्य र तस्वीरहरू सार्वजनिक गर्ने प्रयास गरेको छ । भ्रम नहोस्, उनीहरू यति मात्र थिएनन् ।

हेर्नुहोस् श्रव्य दृश्यमा –

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?