+
+
Shares

थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:५५
फाइल तस्वीर
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दियो । त्यसक्रममा न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीनवटा शर्त तोकेको छ ।

ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।

पहिलो शर्त स् उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च अदालतले विदेश जानुपूर्व अनुमती लिएमात्रै पुग्ने आदेश गरेको हो ।

दोस्रो शर्त : उनी थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ । उच्च अदालतले आदेशमा भनेको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागज गराउनू ।’

तेस्रो शर्त स् उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने भनेको छ । तर रवि लामिछानेले शुरुमै त्यो पेश गरिसकेकाले शर्तको रुपमा अघि बढेको देखिँदैन ।

बरु अब जिल्ला अदालतले त्यही बैंक ग्यारेन्टी रुजु गरेर रविलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?