News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत बुटवलले रवि लामिछानेलाई बिगो र धरौटी बैंक ग्यारेन्टी पेश गरे थुनामुक्त गर्ने आदेश दिएको छ।
- जिल्ला अदालत रुपन्देहीले उच्च अदालतको आदेश प्राप्त गरी बिगो र धरौटी रकम रुजु गरी कारागार प्रशासनलाई थुनामुक्तिका लागि चिठी लेख्नेछ।
- कारागार प्रशासनले चिठी पाएपछि लामिछानेलाई जिल्ला अदालतमा बुझाएर बिगो र जरिवाना बुझाउने कागजमा हस्ताक्षर गराएर थुनामुक्त गर्ने प्रक्रिया पूरा गर्नेछ।
३ पुस, काठमाडौं । उच्च अदालतको बुटवल इजलासले विहीबार रवि लामिछानेलाई ब्गिो र धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेमा थुनामुक्त गर्न आदेश दियो । आदेशअनुसार बैंक ग्यारेन्टी बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।
जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ ।
पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।
दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेन्टीको रुजु गर्नेछ । त्यसपछि जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ ।
तेस्रो, चिठी पाएपछि कारागार प्रशासनले रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा बुझाउनेछ । बिहीबारको आदेश अनुसार, त्यहाँ उपस्थित भएर उनले पछि फैसलामा ठहरे बमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर छु भन्ने ब्यहोराको कागजमा सही गर्नेछन् ।
त्यसपछिको प्रक्रियाबारे ती अधिकृतले भने, ‘त्यो कागजमा हस्ताक्षर गरेपछि उहाँ तारिख लिएर कारागारबाट बाहिर जानुहुनेछ ।’
प्रतिक्रिया 4