News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत बुटवलले रवि लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ।
- रवि लामिछाने आजै अन्तिम फ्लाइटमार्फत भैरहवा जाने तयारीमा छन्।
- उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा शुक्रबारमात्रै पुग्नेछ।
३ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।
रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइटमार्फत भैरहवा जानेछन् ।
उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।
उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ ।
सोहीअनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।
प्रतिक्रिया 4