+
+
Shares

सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन्।
  • शर्माले संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै संविधानको धारा १२८(४) उद्धृत गरेका छन्।
  • शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उत्तर कोरियाको उदाहरण दिँदै न्यायीक इतिहासमा पञ्चायतले नगरेको कर्मको धब्बा नबोक्न गम्भीर मनन गर्न आग्रह गरेका छन्।

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन् ।

उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्ययादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् ।

‘संविधानको धारा १२८(४) भन्छ– सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ,’ उपसभापति शर्माले ‘एक्स’ मा लेखेका छन्, ‘अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ ।’

१४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने ब्याख्या गरेको थियो ।

उपसभापति शर्माले उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रुपमा यही नै भएको स्मरण गराएका छन् ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न पनि गरेका छन् ।

‘शब्दमा भन्ने– ‘विगतका गल्ती सच्याउने’ । अनि कर्ममा उत्तर कोरिया पछ्याउने ?,’ उनले लामिछानेलाई ‘मेन्सन’ गर्दै लेखेका छन्, ‘जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन् । ८० वर्षे न्यायीक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?