सांकेतिक तस्वीर ।
९ जेठ, काठमाडौं । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ ।
साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।
स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।
सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’
खुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतहरूको उपचार भइरहेको बताएका छन् । अन्यको खोजीको प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4