+
+
Shares

इन्टर्नसिपका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकको विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर्न तथा आवासीय चिकित्सकहरूले श्रम शोषण विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
  • उनीहरूले श्रम ऐनअनुसार दैनिक १२ घण्टाभन्दा बढी ड्युटी नहुने र सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था माग गरेका छन्।
  • चिकित्सकहरूले आठौँ तह सरहको तलब कार्यान्वयन र एमडी/एमएस अध्ययनका लागि अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्न सरकारसँग माग गरेका छन्।

२ असार, काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।

आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् ।

उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् ।

त्यस्तै नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौँ तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको १ वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने लगाएतका माग उनीहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?