News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
- गोडैता नगरपालिकाका हुसैन बिहान चार बजे साथीलाई फोन गरेपछि मात्र टावरमा रहेको खुलेको थियो।
- प्रहरीले उनका परिवारका सदस्यहरूसँग टेलिफोन संवाद गराएपछि उनी आफैँ तल ओर्लिएका हुन्।
३ साउन, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् ।
उनी रातिको समयमा नै टावरमा चढेको हुनसक्ने आशंका गरिएको छ । उनले बिहान आज ४ बजे साथीलाई फोन सम्पर्क गरेर बोलाएपछि घटनाबारे थाहा भएको थियो । लगत्तै उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन सम्वाद गराइदिएको थियो । त्यसपछि उनी तल ओर्लिएका थिए ।
उनी टावरमा चढ्नुको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4