+
+
Shares

बेबी बम्पको फोटो सेयर गर्दै सुनिता लेख्छिन्- जीवनको सुन्दर अध्याय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका सुनिता दुलालले पहिलो सन्तानलाई जन्म दिने तयारी गर्दै गर्दा बेबी-बम्पसहितका तस्वीर सार्वजनिक गरेकी छन्।
  • उनले सामाजिक सञ्जालमा ‘मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय, आमा बन्ने यात्राका यी अमूल्य पलहरू’ भन्दै आफ्नो खुसी साटेकी छन्।
  • सुनिताले २०८२ साल मंसिर १३ गते कांग्रेस नेता राजेश केसीसँग विवाह गरेकी थिइन्।

काठमाडौं । गायिका सुनिता दुलाल पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् । गर्भावस्थाको कारण घरमै आराम गरिरहेकी उनले सोमबार बेबी-बम्पसहितका आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

‘मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय, आमा बन्ने यात्राका यी अमूल्य पलहरू’ क्याप्सन लेख्दै उनले पतिसँगका फोटोहरू इन्स्टाग्राममा सेयर गरेकी छन् ।

१० साउनमा तीजको गीतमा एक टिकटक बनाउँदै उनले आफू गर्भवती भएको कुरा पहिलोपटक सार्वजनिक गरेकी थिइन् । दुलालले २०८२ सालको १३ मंसिरमा कांग्रेस नेता राजेश केसीसँग विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?