News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार बिहान भोटेकोशी हुँदै आएको बाढीले रसुवागढी नाकादेखि नुवाकोटको बिदुरसम्मका बस्ती, घर र संरचना तहसनहस बनाएको छ।
- खोलाको सतहदेखि २७० फिट माथिसम्म बाढी पसेपछि धेरै नागरिक डाँडातिर पुगेका छन् र कतिपय छतबाट उद्धारको याचना गरिरहेका छन्।
- उद्धारका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्, तर रसुवा, नुवाकोट र धादिङका धेरै क्षेत्र प्रभावित भएकाले कठिनाइ भएको छ।
१० भदौ, काठमाडौं । बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीका किनाराका बस्तीहरू सामान्य दैनिकीमा चलिरहेका थिए । अचानक आएको बाढीले केही सेकेन्डमै दशकौं-दशक लागेर बनेका संरचना तहसनहस भए । बस्तीहरू बगाए । जनधनको बेहिसाब क्षति भयो ।
बाढी आएको केही घन्टापछि अनलाइनखबरले हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र नियाल्दा सबै चीज तहसनहस देखिए ।
खोलाको सतहदेखि २७० फिट माथिसम्मका बस्तीहरुमा बाढी पसेको छ । घरहरू सग्लो छैन । कतिलाई बगायो थाहा छैन । बाँचेकाहरू माथिमाथि डाँडामा पुगेका छन्, आश्रय लिन ।
कोही बाढी पसेको घरकै छतबाट उद्धारको याचाना गरिरहेका छन् । धेरै नागरिक अझैं उद्धारको प्रतीक्षामा छन् उनीहरू । आकाशमा हेलिकप्टर उडिरहेको छ ।
यो दृश्य हो, रसुवागढी नाकादेखि नुवाकोटको बिदुरसम्मको । आज बिहान आएको बाढीले त्यसक्षेत्रमा धनजनको क्षति भएको छ ।
उद्धारका लागि सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरीको टोली खटेको छ । तर रसुवा नुवाकोट धादिङका धेरै क्षेत्र प्रभावित भएकाले उद्धारमा कठिनाइ भएको छ ।
बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती क्षेत्रमा पुग्दा बस्तीहरू खण्डहर देखिन्छन् । हाइड्रोपावर बगाएको छ । भन्सार कार्यालयको नामोनिसान छैन ।
हेर्नुहोस् ५५ तस्वीरमा बाढीग्रस्त क्षेत्रः


















प्रतिक्रिया 4