+
+
Shares

प्रमोद एण्ड परम्परा, भाका नेपाल र फिरन्तेसँग झुमेको सुदुरपश्चिम

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘सुरताल म्युजिकल टुर–२०८३’ ले बुधबार कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा प्रमोद खरेलको प्रस्तुति सहित राति १२ बजेसम्म दर्शकलाई बाँधेको थियो।
  • खरेलले ‘ओए झुमा झुम्का वाली’, ‘सलल कर्णाली’ र आफ्ना चर्चित गीत प्रस्तुत गर्दा महेन्द्रनगरका दर्शकले नाच्दै, गाउँदै र झुम्दै मनोरञ्जन लिए।

महेन्द्रनगर । ‘अब गुञ्जिन्छ नेपाल एउटै सुर, एउटै ताल’ भन्ने मूल नारासहित जारी ‘सुरताल म्युजिकल टुर–२०८३’ ले कञ्चनपुरको महेन्द्रनगरमा भव्य प्रस्तुति दिएको छ ।

बुधबार भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर खुला मञ्चमा सम्पन्न कार्यक्रमले दर्शकलाई राति १२ बजेसम्मै सांगीतिक माहोलमा बाँधेको थियो । कार्यक्रमको विशेष आकर्षण बनेका गायक प्रमोद खरेल र उनको ‘प्रमोद एन्ड परम्परा’ ब्यान्डले सुदूरपश्चिमको स्थानीय लय र संवेदनालाई छुने प्रस्तुति दिए ।

विशेषगरी सुदूरपश्चिमको भाषा र संस्कृतिसँग मिल्दोजुल्दो भाका रहेको ‘ओए झुमा झुम्का वाली’ गीत गुन्जिँदा महेन्द्रनगरका दर्शक निकै उत्साहित देखिए । दर्शकहरू गीतमा नाच्दै, गाउँदै र झुम्दै भरपुर मनोरञ्जन लिएका थिए ।

गायक खरेलले पछिल्लो समय चर्चामा रहेको कर्णालीको परिवेश समेटिएको गीत ‘सलल कर्णाली’ प्रस्तुत गरे । स्थानीय नदीको नाम जोडिएर आएको उक्त प्रस्तुतिलाई महेन्द्रनगरवासीले औधि रुचाए । उनका सदाबहार चर्चित गीतहरू यो कुरा गोप्य नै राखौंला’, ‘म बॉचेकै लगायतका गीतमा पनि दर्शकले उत्तिकै साथ दिए । सुदूरपश्चिमप्रति गायक खरेलको छुट्टै लगाव रहँदै आएको छ ।

यहाँका दर्शकको अपार माया र आत्मीयताका कारण समय व्यवस्थापन मिलेसम्म उनी सुदूरपश्चिमका कार्यक्रममा सहभागी हुँदै आएका छन्। गायक खरेल पछिल्लो समय आफ्नो ब्यान्डसहित सांगितिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । दशैंको समयमा उनको ब्यान्ड प्रस्तुति दिन आसाम पुगेको थियो भने त्यसको केही समय अघि अष्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रम गरेर फर्केको थियो ।

गायक खरेलले सुदूरपश्चिमका दर्शकको साथमा प्रस्तुति दिँदा आफूलाई सधैं आन्नदित हुने बताए । गायक खरेल सुदूरपश्चिमको महेन्द्रनगर, धनगढी, अत्तरिया, टिकापुर लगायतका क्षेत्रमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा हरेक वर्ष जस्तो सहभागी हुँदै आएका छन् ।

अब मंसिर ४ गते धनगढी र मंसिर ८ गते नेपालगन्जमा कार्यक्रम हुँदैछ ।

नेपाली गीत–संगीतको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमबाट हुने नाफाको २० प्रतिशत रकम भोटेकोशीका बाढी पीडितलाई राहत स्वरूप प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?