+
+
Shares

‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १४:२४

‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ । यस गीतले माहोल कस्तोसम्म बनाइदिएको छ भने, गीत बज्नासाथ शरीरका अवयवहरू त्यसैत्यसै नाच्न थाल्छन् ।

यो गीत उसैको सिर्जना हो, जो चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को शीर्ष उपाधि नजिक नपुग्दै बाहिरिए । प्रतियोगिताको १३औँ संस्करणमा सहभागी भएका उनले त्यहाँ सधैँ सम्झनलायक क्षण छाडिदिए । किनभने प्रतियोगिताकै क्रममा निर्णायकले दिएको चुनौती स्वीकार्दै उनले एउटा गीत रचना गरेका थिए, ‘हिर रञ्जा’ । यो गीतले त्यतिबेलै तहल्का मच्चाइदियो ।

उक्त गीत रिलिज भएपछि युट्युबमा करोडौँ पटक हेरियो । गीतले स्पोटिफाइ इन्डियाको टप १० मा समेत स्थान बनायो ।

उनै रीतो रिबा यतिबेला लाइमलाइटमा छन्। आफ्नै प्रतिभाको आलोकमा टेकेर उनी सर्वत्र छाएका छन् ।

रीतो खासमा भारतको अरुणाञ्चल प्रदेशका हुन् । सामान्य परिवारका रीतो यतिबेला धेरै खोजिने र हेरिने पात्र पनि हुन् । उनको फेसबुक पेजमा झ्याम्मिने र प्रतिक्रिया दिनेहरू बढ्दो छन् । यसैबीच उनले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनी स्ट्रिट फुडको स्वाद लिइरहेका देखिन्छन् । त्यससँगै उनी गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर ।’

खानेकुरा खाँदै उनी नेपालीमा भन्छन्, ‘कस्तो लाग्दैछ हौ, यति राम्रो छ ।’ सायद नेपाली भाषा, संस्कृति र संगीतमा पनि उनको लगाव छ ।

भनिहालौँ, रीतो रिबा भारतको अरुणाञ्चल प्रदेशस्थित पासिघाटमा जन्मिएका र हुर्किएका हुन् । उनी त्यहाँको स्थानीय आदिवासी समुदायका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?