
Photo Credit : तस्वीर : एन्फा
१० चैत, काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाल र थाइल्यान्डबिचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ ।
नेपाल र थाइल्यान्डबीचको खेल थाइल्याण्डको चोनबुरी स्टेडियममा सुरु भएको हो । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् ।
छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । यस्तै थाइल्याण्डको समूहमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम रहेको अनि उनीहरुको लेभल पनि जोर्डन र कुवेत जस्तै रहेकाले नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4