
टरिगाउँ विमानस्थलका लागि ल्याइएको ‘रिफ्युलर’/फाइल तस्वीर
१५ साउन, काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र नलैजान स्थानीय वासिन्दाले आग्रह गरेका छन् ।
टरिगाउँ विमानस्थलमा रहेको ‘रिफ्युलर’ धनुषा जिल्लामा लैजान लागेपछि स्थानीय वासिन्दा, उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले अवरोध गरेका हुन् ।
उपमेयर स्यानी चौधरीले जिल्लामा एक पटक ल्याइसकेको ‘रिफ्युलर’ अन्यत्र नलैजान आग्रह गरेको बताइन् । ‘कति वर्ष लगाएर यहाँ ल्याएका छौं, यसलाई अन्यत्र लैजान दिँदैनौं, बरु हामी सुरक्षा गर्छौं भन्यौं’ उनले भनिन् ।
बरु टरिगाउँ विमानस्थलमा उडान थप गर्न आग्रह गरिएको उपमेयर चौधरीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4