 
																			२३ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ११ महिनामा आफ्नो नेतृत्वमा बोर्डले गरेका १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । हमाल २०७८ फागुनमा बोर्ड अध्यक्षमा नियुक्त भएका थिए ।
आफूमाथि सञ्चार माध्यममा निराधार र कपोकल्पित आरोपहरु लगाएको भन्दै उनले त्यसको खण्डन गर्दै १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले आफू अध्यक्ष नियुक्त भएपछि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्नसक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी लागु गरेको दाबी गरेको छन् ।
यस्तै धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बनाई लागु गरेको उनले बताएका छन् । यसले मर्जरमा जाँदा १५ दिन भन्दा बढी धितोपत्र रोक्का नरहने व्यवस्था गरेको छ । आश्वा शुल्क घटाएको, वैदेशिक रोजगारीमा रहेका नेपाली आईपीओमा आरक्षणको व्यवस्था गरेको, विशिष्टिकृत लगानी कोषको लाइसेन्स दिएको जस्ता सुधारका काम आफूले गरेको हामालको दाबी छ ।
धितोपत्र दलाल व्यवसायीको लाइसेन्स कोटा प्रणलीबाट दिइँदै आएकोमा ‘ओपन इन्ट्री ओपन एक्जिट’ नीति मार्फत लाइसेन्स दिनका लागि ३५ दिनको समय तोकी आवेदन माग गरेकोमा सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगराउन आदेश आएको उनले बताएका छन् ।
अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारको आवेदन कार्य अगाडि बढाएकोमा सर्वोच्च अदालतको अल्पकालीन आवेदन अनुसार स्थगन भएको उनले उल्लेख गरेका छन् । वस्तु विनिमय बजारको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोमा अदालतको आदेशले रोकिएको उनको भनाइ छ ।
धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरेको उनले बताएका छन् । त्यस्तै संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचित गरिएको, क्रेडिट रेटिङमा ‘स्वार्थको द्वन्द्व’ देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्तिः
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4