+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १४:०५

९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।

सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेको छ । तर शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको अनेरास्ववियुले जनाएको छ ।

त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले बताए ।

‘विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि विज्ञापन सार्वजनिक गरेको दिनसम्म विश्वविद्यालय जुन ऐन, विनियम, क्रियाशील छ, प्राध्यापक तथा कर्मचारी छनोट प्रक्रियामा पनि सोही लागू गरिनुपर्ने व्यवस्था र अभ्यास भएता पनि सेवा आयोग मार्फत सीमित व्यक्ति र समूहलाई त्रिविमा प्राध्यापक बनाउन खोज्नु सेवा आयोग अध्यक्षमा चलाखी, बदमासी, राजनीतिक आस्था हावी हुनु हो’, भट्टले विज्ञप्तिमा भनेका छन् ।

यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने आशंका भएको अनेरास्ववियुले उल्लेख गरेको छ ।

अनेरास्ववियुले ९ जना प्राध्यापक माग गर्दै १ वैशाखमा प्रकाशित गरेको विज्ञापन खारेज गर्न र प्रचलित कानुन अनुसार अर्को विज्ञापन गर्न माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?