+
+

हङकङबाट किन अझै फर्किइनन् नन्दिता ?

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २२ गते ११:१७

nandita-kc-in-hongkon

कार्यक्रम सकिएपछि पनि नेपाल नर्फकनुको कारण बताउँदै नायिका नन्दिता केसीले जनवरी १३ सम्म हङकङमै बस्ने बताएकी छिन् । उनले दिदीको छोरीको पास्नी भएकाले गर्दा आफू केही दिन बढि बस्नु परेको बताइन् ।

जनवरी ११ मा पर्ने छोरीको पास्नी सकेर नन्दिता १३ तारिखमा नेपाल र्फकनेछिन् । हङकङमा आयोजना भएको एक सांकृति कार्यक्रममा भाग लिने सुन्दर नायिका त्यहाँ पुगेकी हुन् । कार्यक्रममा उनले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।

नेपालमा स्थापना गरिएको ‘बेबीलाइफ होम’को सहयोगार्थ आयोजित बिशेष कार्यक्रममा भाग लिन नन्दिता अंग्रेजी नयाँ बर्षमा हङकङ तर्फ लागेकी थिइन् । उनले जनवरी ४ मा आयोजना भएको एक कार्यक्रममा आफ्नो आकर्षक नृत्यले सबैको मन जितेकी छिन् । बेबीलाइफ होमले एचआइभी पिडित बालबालिकाहरुको शिक्षा, लालन-पालन र पोषणको निम्ती कार्य गर्दै आएको छ ।

‘एक्सोटिक न्यू ईयर फियस्टा’ नाम दिइएको यो कार्यक्रममा नन्दितासँगै स्थानिय विभिन्न कलाकारहरुको आकर्षक प्रस्तुती रहेको थियो । कार्यक्रमको आयोजना लिली खड्का, परिना सुब्बा र सुनिता गुरुङले गरेका हुन् ।nandita-with-group

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?