Comments Add Comment

सामुदायिक लजले पर्यटक बढायो

११ असार बागलुङ । सामुदायिक लज बनेपछि पर्यटकीय क्षेत्र ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन घुम्न जाने आन्तरिक तथा बाहृय पर्यटकलाई लक्षित गरेर पहिलो पटक लज सञ्चालन गरेपछि पर्यटक आगमनमा पनि वृद्धि भएको लजका सञ्चालक पानबहादुर विकले बताए ।

यसअघि त्यहाा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकले खानपान र बसाइको समस्या झेल्दै आएका थिए । त्यहाा पुग्ने पर्यटकहरूको बसाइलाई सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको लज गत वैशाखदेखि सञ्चालनमा आएको थियो ।

लज सञ्चालनमा आएयता गत जेठसम्ममा मात्रै करिब ५ सयभन्दा बढी आन्तरित तथा बाहृय पर्यटक लजमा बसेको सञ्चालक विकले जानकारी दिए । विभिन्न सङ्घसंस्था, सरकारी कार्यालयको अध्ययनटोली, अनुसन्धानकर्ता, निजी भ्रमणमा निस्कने व्यक्तिहरू ढोरपाटन पुग्ने गरेका छन् ।

त्यसबाहेक वर्षको दुई याममा गरी वैधानिक सिकारका लागि विदेशी सिकारीहरू ढोरपाटन पुग्ने गरेका छन् । आरक्षमा सिकार खेल्न जाने र अन्य पर्यटकसमेत उपयुक्त बसाइको व्यवस्था नहुादा पाल टाागेर र स्थानीयको घरमा बस्नुपर्ने बाध्यता थियो । लज सञ्चालनमा आएपछि पर्यटकहरूको सङ्ख्यामा पनि वृद्धि आएको छ । लज सञ्चालन भएकै समय ढोरपाटनमा यातायातको सुविधा पुगेपछि झन् पर्यटकीय चहलपहल बढेको छ ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ मा उक्त लजको निर्माण थालिएको थियो । ढोरपाटनमा हालसम्म पनि कुनै होटल तथा लजको सुविधा नभएपछि जिल्ला विकास समिति, जिल्ला लघुउद्यम विकास कार्यक्रम, स्थानीय क्लब र उद्योग वाणिज्य सङ्घ बागलुङको संयुक्त लगानीमा उक्त लज निर्माण भएको हो ।

ढोरपाटनमा खाना र बासको समस्या झेलिरहेका आन्तरिक तथा बाहृय पर्यटकहरूलाई लक्षित गरेर सामुदायिक लज निर्माण गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।

तीन वर्ष लगाएर निर्माण गरिएको लजमा स्थानीयको समेत लगानी र श्रमदान परेको छ । सङ्घले आफ्नो तर्फबाट रु एक लाख, जिविसबाट रु दुई लाख, लघुउद्यम विकास कार्यक्रमबाट रु १५ लाख र बनबुकी युवा क्लब ढोरपाटनबाट रु १४ लाख नगद सङ्कलन तथा श्रमदानसमेत गरेर रु ३५ लाखको लागतमा उक्त लज निर्माण गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment