+
+
Shares

मधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति

उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने लगायतका बेथितिहरूलाई मधेशमा बढ्दै गएको छ । यसले प्रदेश सरकारको बदनामी हुने गरेको छ । सातदलीय गठबन्धनले बेथिति रोक्न र सुशासन प्रभावकारी बनाउन भन्दै ठेक्का प्रक्रियाबाट काम गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ।
  • गठबन्धनले बेथिति रोक्न र सुशासन प्रभावकारी बनाउन ठेक्का प्रक्रियाबाट काम गर्ने निर्णय गरेको एक नेताले बताए।
  • आ.व २०८१/८२ मा नीति निर्माण भए पनि ५० लाखसम्मका योजना उपभोक्ता समितिबाटै कार्यान्वयन भएको थियो।

१ पुस, जनकपुरधाम। मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए ।

उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने लगायतका बेथितिहरूलाई मधेशमा बढ्दै गएको छ । यसले प्रदेश सरकारको बदनामी हुने गरेको छ । सातदलीय गठबन्धनले बेथिति रोक्न र सुशासन प्रभावकारी बनाउन भन्दै ठेक्का प्रक्रियाबाट काम गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा भएको सहमतिलाई कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारले नीतिगत रुपमा कार्यान्वयन गर्ने विश्वास नेताहरुको छ ।

यसअघि आ.व २०८१/८२ मा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारले सदनबाटै नीति निर्माण गरी १० लाखभन्दा माथिका योजनाहरू खुल्ला प्रक्रियाबाट अघि बढाउने भने पनि कार्यान्वयन भएको थिएन । पछि सदनबाट संकल्प प्रस्ताव पारित गरेर पुनः ५० लाखसम्मका योजना उपभोक्ता समितिबाटै कार्यान्वयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?