News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका स्थानीयहरूले एक महिनादेखि नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्न खोज्दा पनि नपाएको गुनासो गरेका छन्।
- सांस्कृतिक भेषभूषासहित माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले कर्णालीको कला संस्कृति राष्ट्रव्यापी रूपमा स्थापित गर्न माग गरेका छन्।
- टोलीका संयोजक बसन्त बागचनले नेपालका सरकारी संयन्त्रमा कला संस्कृतिको स्थापना हुनुपर्ने बताए।
७ जेठ, काठमाडौं । कर्णालीको सांस्कृति देखाउन भन्दै एक महिनादेखि प्रयास गर्दा पनि आफूहरू बञ्चित हुनपरेको मुगुका स्थानीयहरूले गुनासो गरेका छन् ।
नयाँ बनेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई एक महिनादेखि नै भेट्न खोज्दा पनि नपाएको गुनासो उनीहरूको छ ।
बिहीबार (आज) सिंहदरबार गेटसम्म पुग्दा पनि भेट्न नपाएपछि सांस्कृतिक भेषभुषासहित पुगेका उनीहरू माइतीघर मण्डला पुगेर आफ्नो प्रदर्शन देखाए ।
टोलीका संयोजक बसन्त बागचनका अनुसार, मुगुका स्थानीयहरू एक महिनादेखि काठमाडौंमा छन् ।
‘हामीले कर्णालीको जडिबुटी, भेषभूषा, बाजागाजा अहिले बनेको नयाँ सरकारलाई देखाएर राष्ट्रव्यापी रूपमा पढाइ हुनुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘नेपालका जुनसुकै सरकारी संयन्त्रमा कला संस्कृतिको स्थापना हुन पर्यो ।’
आफूहरूको कला संस्कृति देशमा स्थापित गर्न भन्दै काठमाडौं आए पनि भेट नै नपाएपछि बिहीबार माइतीघरमा प्रदर्शन गर्नपरेको उनले बताए ।
सांसद, मन्त्री लगायतका स्वकीयहरूलाई निरन्तर सम्पर्क गर्दा पनि समय नभएको जवाफ आएपछि माइतीघरमा पुगेर कला संस्कृति देखाएको उनले बताए ।











प्रतिक्रिया 4