+
+
Shares

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले दैलेखदेखि महाबै गाउँपालिका जोड्ने सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ।
  • जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
  • कर्णाली प्रदेशले सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गरेको छ।

८ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, जाजरकोटको ‘वडावन–सानाखोला सडक’लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए ।

उनका अनुसार बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?