+
+
Shares

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन नरोकिने, प्रतिस्पर्धा शुक्रबार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन ९ जेठ शुक्रबार हुने भएको छ।
  • उच्च अदालतले कार्यकारिणी समितिको निर्णयमा अन्तरिम आदेश नदिनु पर्ने फैसला गरेपछि निर्वाचनको बाटो खुलेको छ।
  • महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वसूचित कार्यक्रम अनुसार बैठक र निर्वाचन प्रक्रिया सञ्चालन हुने बताए।

७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन शुक्रबार हुने भएको छ ।

यसअघि कार्यकारिणी समितिको निर्णय सम्बन्धमा उच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएसँगै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचनका लागि बाटो खुलेको हो ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठका अनुसार पूर्वसूचित निर्धारित कार्यक्रम अनुसार कार्यकारणी समिति बैठक र निर्वाचन प्रक्रिया सञ्चालन हुने छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यको नाम चर्चामा छ ।

त्यस्तै कोषाध्यक्षमा अम्बिका पौडेल र महेशलाल प्रधानको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?