News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनीषलाल प्रधानलाई अध्यक्ष अन्जन श्रेष्ठको प्यानलबाट उम्मेदवार बनाइएको छ।
- सुरकृष्ण वैद्यले व्यवसायी हितका लागि नीतिगत सुधार, सहजीकरण र व्यवसायमैत्री वातावरण निर्माणमा प्रतिबद्धता व्यक्त गरेका छन्।
- प्रवलजंग पाण्डेले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन्।
७ जेठ, काभ्रेपलाञ्चोक । वर्तमान अध्यक्ष अन्जन श्रेष्ठको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको नाम घोषणा भएको छ ।
श्रेष्ठको प्यानलबाट महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनीषलाल प्रधानलाई अघि सार्ने निर्णय भएको छ । ललितपुरको गोदावरीमा एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको नाम घोषणा भएको हो ।
महासंघभित्र अनुभवी र नेतृत्व क्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेका बेला वैद्यलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरिएको हो ।
काभ्रे जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दै महासंघको दुई पटक केन्द्रीय सदस्य, उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका वैद्य व्यवसायीमाझ लोकप्रिय मानिन्छन्। जिल्ला तहबाट नेतृत्व यात्रा सुरु गरेका उनी तल्लो तहका व्यवसायीका समस्या, आवश्यकता र चुनौतीसँग नजिक रहेको व्यवसायीहरूको भनाइ छ । वरिष्ठ उपाध्यक्ष भएपछि एसोसिएट र वस्तुगत सबैलाई गोलबद्ध गरेर लैजाने वैद्यले बताएका छन्।
व्यवसायीले स्थानीय र केन्द्रीय दुवै तहमा अनुभव हासिल गरेका वैद्य वरिष्ठ उपाध्यक्षमा महासंघको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्। विशेषगरी निजी क्षेत्र अहिले विभिन्न चुनौतीसँग जुधिरहेका बेला अनुभवी र समन्वयकारी नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार वैद्यले व्यवसायी हितका लागि अनुवव, नीतिगत सुधार र सहजीकरण, समावेशी र सुदृढ़ उद्यमशीलताको प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणको प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै महासंघको कोषाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाउने घोषणा भएको छ ।
५२ वर्ष लामो पारिवारिक औद्योगिक पृष्ठभूमि रहेका, विसं २०५५ सालदेखि चेम्बर आन्दोलनमा सक्रिय भएका तथा ललितपुर उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघमा तीन पटक निर्वाचित भई विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको अनुभव प्रधानमा छ ।
प्रधानले अहिले उद्योग व्यवसाय आंशिक क्षमतामा मात्र सञ्चालन भइरहेको, बजारमा माग घटेको तथा निजी क्षेत्रको मनोबल कमजोर बनेको अवस्थामा महासंघलाई थप एकीकृत र सशक्त बनाउने आवश्यकता रहेकोले कोषाध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिए ।
महासंघ तथा जिल्ला, नगर र वस्तुगत संघहरूलाई थप सक्रिय बनाउन स्रोत व्यवस्थापन र कोष परिचालनलाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उता उपाध्यक्ष प्रवलजंग पाण्डेले भने फरक प्रस्ताव अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन् ।
प्रतिक्रिया 4