+
+
Shares

अघि बढ्यो संघीय निजामती विधेयकको मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ९:३२

८ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ ।

भूमि व्यवस्था, सहकारी, सं‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ ।

सं‍घीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता गरेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘गत बुधबारतिर विधेयक फर्किएको छ । अब कानुन न्याय तथा संसदीय मन्त्रालय पठाइन्छ ।’

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पनि फर्किएपछि मन्त्रिपरिषद्मा लगिने सहसचिव अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिएपछि विधेयक संसद्मा पेस हुनेछ ।

प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशको अधिकतम उमेर महिलाको हकमा ३५ वर्ष र पुरुषको हकमा ३२ वर्ष राखिएको छ । अवकाशको उमेर ६० वर्ष प्रस्तावित छ ।

निजामती सेवाबाट राजीनामा दिएको वा अवकाश भएको निश्चित अवधिसम्म संवैधानिक, राजनीतिक नियुक्तिमा जान नपाउने गरी कुलिङ अफ पिरियडको प्रावधान पनि छ ।

कर्मचारीमा ट्रेड युनियनको प्रावधान सरकारले यसअघि नै अध्यादेश ल्याएर हटाइसकेको छ । प्रस्तावित विधेयकको मस्यौदामा पनि सोही अनुसार कर्मचारी ट्रेड युनियनको व्यवस्था राखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?