+
+
Shares

कास्की अदालतले फिर्ता गर्‍यो रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्न अनुमति दिएको छ।
  • महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका ती मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन्।
  • जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी सम्बन्धी कसुर यथावत राख्ने निवेदन दिएको थियो।

८ जेठ, काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।

यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन् ।

सोही परिपत्र अनुसार, जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै निवेदन दिएको थियो ।

निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?