+
+
Shares

कर्णाली चलचित्र महोत्सव : जसितालाई पहिलो अवार्ड, विपिन बने सर्वश्रेष्ठ अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ११:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ सर्वश्रेष्ठ फिल्मसहित सर्वाधिक विधामा पुरस्कार जितेको छ।
  • निर्देशक नवीन चौहान र अभिनेता विपिन कार्कीले ‘ऊनको स्वीटर’ बाट ट्रफी प्राप्त गरेका छन्।
  • अभिनेत्री जसिता गुरुङले ‘जेरी अन टप’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड पाएकी छन्।

काठमाडौं । विभिन्न विधामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पुरस्कार प्रदान गरिएको छ । ‘ऊनको स्वीटर’ सर्वश्रेष्ठ फिल्मसहितका सर्वाधिक विधामा विजेता घोषित भयो ।

सोही फिल्मबाट निर्देशक नवीन चौहान र अभिनेता विपिन कार्कीले ट्रफी उचाले । जसिता गुरुङले ‘जेरी अन टप’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।

पल शाहलाई ‘सोसल आइकन एक्टर अवार्ड’ प्रदान गरियो । कर्णाली एडिसन अवार्ड निर्देशक राजबहादुर सानेले प्राप्त गर्दा उदीयमान निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले प्राप्त गरे ।

सर्वश्रेष्ठ छोटो फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ । कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेनलाई सम्मानित गरियो ।

जीवनकै पहिलो अवार्ड ग्रहण गर्दै अभिनेत्री गुरुङले यसको श्रेय दर्शकलाई प्रदान गरिन् । अभिनेता शाहले यस अवार्डले आफूमा जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली फिल्मको माध्यमबाट विश्वसामु चिनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?