२ साउन, काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन् । पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसबारे जानकारी दिइएको छ ।
दिल्ली पुलिस (प्रहरी) ले पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई धर्नास्थलबाट यठाएर अस्पताल लगेपछि सीजेपीले संस्थापन अभिजीत आफैं भोक हडतालमा बस्ने निर्णय लिएको हो ।
सीजेपीको एक्स ह्यान्डलमा लेखिएको छ, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन् । २० जुलाईका लागि चय गरिएको ‘चलो संसद्’ मार्च पूर्वानिर्धारित कार्यक्रमअनुसार जारी रहने छ ।’
अभिजीत दीपकेले पनि एक्स पोस्टका माध्यमबाट यसको पुष्टि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4