+
+
Shares

सुरु भयो गुँला पर्वको रौनक (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन २८ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेवार समुदायले मनाउने एक महिना लामो गुँला पर्व आज साउन शुक्ल प्रतिपदादेखि सुरु भएको छ ।
  • गुँला पर्वका अवसरमा भक्तजनहरूले उपकार र दान गर्ने तथा स्वयम्भू महाचैत्यमा विशेष मेला भर्ने परम्परा छ ।
  • राजधानीका विभिन्न स्थानबाट गुँला बाजा बजाउँदै भक्तजनहरू बिहानैदेखि स्वयम्भूनाथ मन्दिरमा दर्शनका लागि पुगेका छन् ।

२८ साउन, काठमाडौं । नेवार समुदायले चान्द्रमासअनुसार साउण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।

काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिँदैआएको छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।

गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउँछ । उक्त पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ । उक्त पर्व र यस महिनाका सन्दर्भमा अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गरिन्छ भने  क्षमताअनुसार भित्री मनदेखि दान गर्ने प्रचलन छ ।

यस महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने भएकाले आज बिहानैदेखि भक्तजन स्वयम्भूनाथ मन्दिर पुगेका छन् ।

राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा घुइँचो हुन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन् ।

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?