+
+
Shares

‘१२ गाउँ २’ डबिङमा ब्यस्त समीर र काफिया

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराज भट्टको निर्देशनमा निर्माण भइरहेको फिल्म '१२ गाउँ २' को स्वरांकन अहिले अन्तिम चरणमा पुगेको छ ।
  • यो फिल्मबाट काफिया शाहीले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् भने समीर भट्ट उनीसँगै अनस्क्रिन जोडीको रूपमा देखिनेछन् ।
  • निर्माताका अनुसार यो प्रतीक्षित फिल्म आगामी असोज ३० गते दशैंको अवसर पारेर देशभरका हलमा प्रदर्शन हुनेछ ।

काठमाडौं । समीर भट्ट र काफिया शाही स्टारर फिल्म ‘१२ गाउँ २’को स्वरांकन अहिले अन्तिम चरणमा छ । यी दुवैजना कलाकारले डबिङ गरिरहेका छन् ।

अनुपविक्रम शाही र निर्देकश समेत रहेका विराज भट्टले भने आ-आफ्नो प्लटको स्वरांकन पूरा गरिसकेका छन् । फिल्ममा समीर र काफियालाई अनस्क्रिन जोडीको रुपमा हेर्न सकिन्छ ।

यो फिल्मबाट काफियाले घरेलु फिल्म अभिनयमा डेब्यू गरेकी हुन् । काठमाडौं र पूर्वी नेपालका विभिन्न थलोमा खिचिएको यो फिल्म दर्शकमाझ प्रतीक्षित पनि छ ।

डेब्यू फिल्म नै हिट भएपछि समीरलाई लिएर उनका बुवा विराजले दोस्रो फिल्म बनाइरहेका हुन् । गत दशैंमा ‘बलिदान’ आएयता समीरका अन्य फिल्म आएका छैनन्, जसले गर्दा पनि दर्शक पर्दामा उनलाई हेर्न अधैर्य छन् ।

अर्कोतर्फ, काफियाको यो डेब्यू फिल्म हो । निर्माता शाहीका अनुसार, ‘१२ गाउँ २’ दशैं छेकोमा ३० असोजमा देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?