News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता समीर भट्टले आफूले ‘१२ गाउँ’ को दोस्रो श्रृंखलाबाहेक अन्य फिल्ममा काम नगर्ने सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन्।
- समीर भट्टले ‘१२ गाउँ २’ को तयारीमा व्यस्त रहेको र चाँडै सुटिङमा जाने बताएका छन्।
- ‘१२ गाउँ २’ को छायांकन बैशाख पहिलो सातादेखि सुरु हुँदैछ र फिल्मको बजेट ४ करोड रुपैयाँ रहेको वितरक गोविन्द शाहीले बताए।
काठमाडौँ । अभिनेता समीर भट्टले आफूले ‘१२ गाउँ’ को दोस्रो श्रृंखलाबाहेकका फिल्ममा काम गर्न लागेको भन्ने चर्चाको खण्डन गरेका छन् । सामाजिक सञ्जालबाट उनले आफूबारे चलेका हल्लाको खण्डन गरेका हुन् ।
आफू अहिले ‘१२ गाउँ २’ को तयारीमा ब्यस्त रहेको बताउँदै उनले चाँडै सुटिङमा जाने बताएका छन् । ‘यो सिनेमाबाहेक मैले अन्य फिल्म साइन गरेको छैन’ उनी लेख्छन्, ‘भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु ।’
यो फिल्मको छायांकनको लागि समीर अहिले जिममा ब्यस्त छन् । समीरले अहिले नृत्य र जिमको अभ्यास गरिरहेको वितरक गोविन्द शाहीले बताए ।
शाहीका अनुसार बैशाख पहिलो सातादेखि ‘१२ गाउँ २’ को छायांकन सुरु हुँदैछ । गीत छायांकनसँगै फिल्मको निर्माण कार्य अघि बढ्ने जानकारी उनले दिए । फिल्मलाई विराज भट्टले निर्देशन गर्नेछन् ।
बजेट ४ करोड रुपैयाँ बताइएको छ । यसअघि नै विराजले प्रदर्शन मिति दशैंको फूलपातिमा हुने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया 4