News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ।
- ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ती ४० जना युवालाई अवार्ड प्रदान गर्नुभएको छ।
- करिब साढे १५ सय आवेदन तथा सिफारिसमध्येबाट छनोट गरिएको यो सूची अनलाइनखबरको तेस्रो संस्करण हो।
२८ साउन, काठमाडों । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर हिजो (बुधबार) २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।
ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई ४० युवालाई अवार्ड प्रदान गरेका थिए ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।
अनलाइनखबरको यो तेस्रो संस्करण हो । ४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो ।
अनलाइन आवेदन र सिफारिस मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छानिएका हुन् ।
तस्वीरमा हेर्नुस् ४० वर्षमुनिका ४० को कार्यक्रम–







































प्रतिक्रिया 4