News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरले २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ।
- ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सूचीमा परेका ४० युवालाई अवार्ड प्रदान गरे।
- छनोट समितिले साढे १५ सय आवेदनबाट उत्कृष्ट ४० युवाको नाम अन्तिम रूप दिएको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए।
२७ साउन, काठमाडौं । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।
ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई ४० युवालाई अवार्ड प्रदान गरे ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो । यो तेस्रो संस्करण हो ।
४० मुनिका ४० को सूची आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने प्रयास भएको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए ।
‘अनलाइनखबरका लागि यो कार्यक्रम केवल एउटा बार्षिक सूची हैन । मिडियाको जिम्मेवारी केवल समाचार लेख्ने र सूचना दिनेमा मात्र सिमित हुँदैन । समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु, नयाँ नेतृत्वलाई सार्वजनिक बहसमा ल्याउनु र उनीहरुको यात्रालाई दस्तावेज गर्नु पनि हाम्रो जिम्मेवारी हो । हामीले सम्मान गरेका यी ४० जना युवाहरुले आजको नेपालमात्र हैन, भोलिको सम्भावनाको पनि प्रतिनिधित्व गर्नुहुन्छु,’ अवार्ड वितरण समारोहमा अध्यक्ष भुसालले भने ।
४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो । अनलाइन आवेदन र सिफारिश मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो । उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।

प्रतिक्रिया 4