+
+
Shares

भोटेकोशी बाढीपछिको सन्नाटा, ५५ तस्वीरमा हेर्नुहोस्

खोलाको सतहदेखि २७० फिट माथिसम्मका बस्तीहरुमा बाढी पसेको छ । घरहरू सग्लो छैन । कतिलाई बगायो थाहा छैन । बाँचेकाहरू माथिमाथि डाँडामा पुगेका छन्, आश्रय लिन ।

कमल प्रसाईं दिनेश गौतम कमल प्रसाईं, दिनेश गौतम
२०८३ भदौ १० गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार बिहान भोटेकोशी हुँदै आएको बाढीले रसुवागढी नाकादेखि नुवाकोटको बिदुरसम्मका बस्ती, घर र संरचना तहसनहस बनाएको छ।
  • खोलाको सतहदेखि २७० फिट माथिसम्म बाढी पसेपछि धेरै नागरिक डाँडातिर पुगेका छन् र कतिपय छतबाट उद्धारको याचना गरिरहेका छन्।
  • उद्धारका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्, तर रसुवा, नुवाकोट र धादिङका धेरै क्षेत्र प्रभावित भएकाले कठिनाइ भएको छ।

१० भदौ, काठमाडौं । बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीका किनाराका बस्तीहरू सामान्य दैनिकीमा चलिरहेका थिए । अचानक आएको बाढीले केही सेकेन्डमै दशकौं-दशक लागेर बनेका संरचना तहसनहस भए । बस्तीहरू बगाए । जनधनको बेहिसाब क्षति भयो ।

बाढी आएको केही घन्टापछि अनलाइनखबरले हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र नियाल्दा सबै चीज तहसनहस देखिए ।

खोलाको सतहदेखि २७० फिट माथिसम्मका बस्तीहरुमा बाढी पसेको छ । घरहरू सग्लो छैन । कतिलाई बगायो थाहा छैन । बाँचेकाहरू माथिमाथि डाँडामा पुगेका छन्, आश्रय लिन ।

कोही बाढी पसेको घरकै छतबाट उद्धारको याचाना गरिरहेका छन् । धेरै नागरिक अझैं उद्धारको प्रतीक्षामा छन् उनीहरू । आकाशमा हेलिकप्टर उडिरहेको छ ।

यो दृश्य हो, रसुवागढी नाकादेखि नुवाकोटको बिदुरसम्मको । आज बिहान आएको बाढीले त्यसक्षेत्रमा धनजनको क्षति भएको छ ।

उद्धारका लागि सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरीको टोली खटेको छ । तर रसुवा नुवाकोट धादिङका धेरै क्षेत्र प्रभावित भएकाले उद्धारमा कठिनाइ भएको छ ।

बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती क्षेत्रमा पुग्दा बस्तीहरू खण्डहर देखिन्छन् । हाइड्रोपावर बगाएको छ । भन्सार कार्यालयको नामोनिसान छैन ।

हेर्नुहोस् ५५ तस्वीरमा बाढीग्रस्त क्षेत्रः

रसुवा नाकाका सबै संरचनाहरू बाढीले बगाएपछिको अवस्था ।
रसुवाको टिमुरे बजार
बाढीपछि रसुवाको टिमुरे बजार ।

बाढीपछि टिमुरे बजार ।
टिमुरेबाट बाढी प्रभावित घाइतेहरूको उद्धार गरिँदै ।
बाढीपछि देखिएको स्याफ्रुबेसी ।
बाढीपछि देखिएको स्याफ्रुबेसी ।
बाढीपछि देखिएको स्याफ्रुबेसी ।
बाढीपछिको बेत्रावती ।
बाढीपछिको बेत्रावती ।
बाढीपछि भत्काएको बेत्रावती पुल ।
बाढीपछि बेत्रावती किनाराका बस्तीहरू ।
त्रिशुली बजार
त्रिशुली किनारमा बाढीले बिगारेको सोलार प्लान्ट ।
बाढीले आंशिक रूपमा क्षति पुर्‍याएको त्रिशुली जेल ।
बाढीपछि आंशिक क्षति पुगेको त्रिशुली कारागार ।

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?