+
+
Shares

कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते ७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेशजस्तो लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
  • गए राति १:४५ बजे पालुङ प्रहरीले हेटौंडाबाट काठमाडौं आउँदै गरेको कारको डिकीमा लुकाइएको पाँच पोका पदार्थ बरामद गरेको हो।
  • पक्राउ पर्नेमा चालक हेविन श्रेष्ठ र दिव्याश्री काफ्ले रहेका छन्, र प्रहरीले दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।

३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडि डिकीबाट उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा र्‍यापिङ गरी लुकाइएको अवस्थामा पाँच पोका चरेसजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई रहेका छन् ।

बरामद लागुऔषध, गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?