News Summary
Generated by OK AI. Editorially reviewed.- मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २७औँ जिल्ला साधारणसभाले कपिल ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
- समितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन्।
- नवगठित जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ, र बाँकी दुई सदस्य बैठकबाट मनोनयन गरिने जनाइएको छ।
३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल चयन भएका छन् भने गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ । बाँकी दुई सदस्य नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ ।
नवनिर्वाचित सभापति ज्ञवालीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताका पक्षमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञवाली पत्रकारिता पेशामा आबद्ध छन् ।
नवगठित जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।
प्रतिक्रिया 4