+
+
Shares

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ उपत्यकामा कात्तिक १ देखि २९ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ सवारीचालक कारबाहीमा परेका छन्।
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे गरी सवारी चलाउने २ हजार ८९२ र लापसे गरी सवारी चलाउने ७८ चालक कारबाहीमा परेका हुन्।
  • प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई आग्रह गरेको छ।

३० कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।

प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।

मादकपदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?