+

आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा

२०८३ मंसिर  १ गते १६:१८ २०८३ मंसिर १ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२७ अघि भएको खेलाडी साटफेरमा मोहम्मद शामी र एम सिद्धार्थ लखनउ सुपर जायन्ट्सबाट राजस्थान रोयल्समा पुगेका छन्।
  • अलराउन्डर साम करन राजस्थान रोयल्सबाट लखनउ सुपर जायन्ट्समा २ करोड ४० लाख भारुको पुरानै पारिश्रमिकमा गएका छन्।
  • शामीको नयाँ अनुबन्ध रकम ८ करोड भारु हुने छ भने सिद्धार्थको पारिश्रमिक ७५ लाख भारु नै कायम रहनेछ।

१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्।

अनुभवी तीव्र गतिका बलर शामी लखनउबाट राजस्थान पुगेका हुन्। लखनउले उनलाई १० करोड भारुमा अनुबन्ध गरेको थियो। तर, राजस्थानमा उनको नयाँ अनुबन्ध रकम ८ करोड भारु हुनेछ।

३६ वर्षीय शामीले आईपीएलमा अहिलेसम्म १३२ खेल खेल्दै १४५ विकेट लिएका छन्। उनको आगमनले राजस्थानको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।

बायाँ हाते स्पिनर एम सिद्धार्थ पनि लखनउबाट राजस्थान पुगेका छन्। उनको पारिश्रमिक भने ७५ लाख भारु नै कायम रहनेछ।

यस्तै, अलराउन्डर साम करन राजस्थानबाट लखनउ पुगेका छन्। उनी २ करोड ४० लाख भारुको पुरानै पारिश्रमिकमा लखनउमा आबद्ध भएका हुन्।

करनले आईपीएलमा अहिलेसम्म ५९ विकेट लिनुका साथै ९९७ रन बनाएका छन्। बलिङमा विविधता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमताका कारण उनी लखनउका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

आईपीएल २०२७ आईपीएल क्रिकेट आईपीएल ट्रेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय