+
+
Shares

बालेन–मोदीबीच सोमबार भेटवार्ता हुने

‘भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ,’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले मंसिर ७ गते नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने भएका छन्।
  • शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ।
  • दुईदिने राजकीय भ्रमणमा सरकारी टोली ३४ सदस्यीय र निजी क्षेत्रको व्यवसायी टोली ५२ सदस्यीय रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आगामी सोमबार भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, आइतबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले भोलिपल्ट समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन् ।

दुईदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहको भ्रमणबारे शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

‘भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ,’ राईले भने ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

सरकारी भ्रमण टोली ३४ सदस्यीय रहने सचिव राईले जानकारी दिए । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जानेछन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।

उक्त वार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?