२३ वैशाख, काठमाडौं । भूकम्पमा परि चर्किएको कुमारी घरको संरक्षणका लागि कुमारी बैंकले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
यो रकम कुमारी घरको आन्तरिक मर्मत सम्भारमा उपयोग गरिने बताइएको छ । यसअघि बैंकले भूकम्पबाट घरबास गुमाएका पीडितलाई पुर्नबासमा सहयोग पुगोस भनेर ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग गर्ने घोषणा गरेको थियो ।