Comments Add Comment

भूकम्प प्रभावितलाई टाटा ट्रष्टको सामुदायिक भान्छा

TataTrusts-Programme

१३ साउन, काठमाडौं । टाटा ट्रष्टले नेपालका भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्र प्रदान गरिरहेको छ । यही क्रममा ट्रष्टले भक्तपुरमा सामुदायिक भान्छा घरको स्थापना गरेर काठमाडौं, भक्तपुर र ललितपुरका भूकम्प पीडितहरुलाई सेवा प्रदान गरेको छ ।

भ्ारतको अक्षय पत्र फाउण्डेसन र नेपालको सिप्रदीयन सहायता संस्थासँग सहकार्य गरेर ट्रष्टले सामुहिक भान्छा कार्यक्रम सञ्चालन गरेको हो । नेपालका लागि भारतका राजदूत रन्जित रेले टाटा ट्रष्टको सूर्यविनायक चोकस्थित शुभकामना पार्टी प्यालेसमा रहेको केन्द्रिकृत भान्छाको अवलोकन गरेका छन् ।

भूकम्प प्रभावितहरुका लागि दिनहुँ हजारौं खानाको व्यवस्था गर्नु आफैमा अतुलनीय कार्य हो । यो कार्यलाई सम्भव बनाउनमा च्यारिटी संस्थाहरु, निजी संघ संस्था र सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

‘मलाई विश्वास छ, तीन संस्थाबीचको सहकार्यले निजी, गैरसरकारी संस्था र सरकारबीच आपसमा सहकार्य गर्न सकिन्छ भन्ने अनुपम उदाहरण प्रस्तुत गरेको छ’ राजदूत रेले अवलोकनपश्चात भने- ‘यसले भविष्यमा थप सहयोग समन्वयको बाटोलाई अझ फराकिलो पारिदिएको छ ।’

भान्छाघरले २०१५ जुन १९ देखि खाना वितरण गर्न शुरु गरेको थियो । दैनिक करिव १८ हजार ताजा खानाहरु तयार पार्ने गरेको भन्छाघरले जनाएको छ । करिब ३० किलोमिटर वर्गाकारको क्षेत्रफल र १२ खाना खाने स्थलहरु यहाँ रहेका छन् ।

भान्छाघरको व्यवस्थापन र वितरण कार्यको जिम्मेवारी टाटा ट्रष्ट टिमले सिप्रदीयन संस्थानसँगको समन्वयमा लिएको छ भने अक्षय पत्र फाउण्डेसनको अभिभारा खाना पकाउने र तयारी गर्ने रहेको छ ।

ट्रष्टले भान्छाघर आगामी ६ महिनासम्म सञ्चालन गर्ने लक्ष्य लिइएको छ । ‘नेपाल सरकारको योजनासँग आफ्ना कार्यहरुले मेल खाएको यकिन गर्न नेपालको भाषा, कला, संस्कृति र परम्परासँग भिजेका नेपालीलाई नै समन्वयकर्ताको रुपमा नियुक्त गरिएको छ’ ट्रष्टका प्रमुख विकास म्यानेजर अरुण पन्धीले बताए ।

सिप्रदी सहायता संस्थाले टाटा ट्रष्ट र अक्षय पत्र फाउण्डेसनसँग १७ शिवीरहरुमा दिनहुँ १८ हजार खाना वितरण गर्न पाएकोमा सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिद्धार्थ शमसेर जबराले खुशी व्यक्त गरे ।

‘शिविरहरुमा मेरो भ्रमणको लक्ष्य पिडित र तिन्का परिवारजनहरुमा पौष्टिक, स्वच्छ र विश्वासिलो खानाको सन्दर्भमा जानकारी राख्नु र त्यसलाई अझ व्यवस्थित गर्ने विषयमा केन्द्रित रहेको छ’ अध्यक्ष जबराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment