१८ साउन, काठमाडौं । पौडीबाज गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी छिन् ।
फिना वर्ल्ड च्याम्पियनसिपको १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा नेपालकी गौरिकाले १ मिनेट ०८.१२ सेकेण्डमा दुरी तय गरिन् ।
यससँगै उनले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गरेकी छन् । यसअघि उनले गत जेठमा काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा १ मिनेट १३.१३ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
तर, गौरिका दोस्रो चरणमा भने छनोट हुन सकिनन् । हिट्स चरणमा उत्कृष्ट हुने १५ पौडीबाज दोस्रो चरणमा पुग्नेछन् । तर, गौरिका ५८ औं नम्बरमा रहिन् ।