
१० वैशाख, कपिलवस्तु । कपिलवस्तुको उदयपुर गाविस-६ उदयपुरमा दिउसो ३ बजेदेखि आगलागी भएको छ । आगलागी सुरु भएको ४५ मिनेटभित्र ४५ घर जलिसकेका छन् ।
स्थानीय गंगाराम कुर्मीको घरबाट आगो सल्केको हो । अहिले स्थानीय प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । तर हावा हुरीका कारण नियन्त्रणमा आउन सकेको छैन ।
दमकललाई खबर गरिएको भए पनि आइपुगेको छैन । घटनास्थल सदरमुकामबाट ४५ किलोमिटर दुरीमा रहेको छ । आगलागीले ठूलो नोक्सानी भइसके पनि मानिसहरु भने सुरक्षित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4