Comments Add Comment

नाराबाजीका बीच नेविसंघको निर्वाचन प्रक्रिया सुरु, बहिस्कार गर्ने पौडेल समूहको चेतावनी

nebisang_bhrikutimandap३१ साउन, काठमाडौं । रामचन्द्र पौडेल पक्षको नाराबाजीका बीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन समितिले कांग्रेस कार्यालय सानेपामा विहान ८ बजेदेखि नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको छ ।
तर, रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताले कांग्रेस कार्यालयमा नाराबाजी गरिरहेका छन् ।

पौडेल समूह पक्षधरहरुले एकपक्षीय निर्वाचन प्रक्रिया सुरु गरे बहिस्कार गर्ने र समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरले भने अहिले पनि सहमतिको प्रयास भइरहेको छ । र, उम्मेदवारी दर्ता गर्न गएको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment