Comments Add Comment

पाँच महिना बित्दा पनि पुगेन हुम्लामा चामल

rice-store-chamal-godamराजधानी काठमाडौंसहित सहर बजारमा दसैँको चटारोले छुँदै छ । दसैँलाई लक्षित गर्दै लत्ताकपडादेखि सवारीसाधनसम्म किन्नेको घुइँचो बढ्दो छ । तर, यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दसैँमा समेत चामलको भात खान नपाइने भयो भन्ने चिन्ता बढ्दो छ ।

दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा चामल पुग्न सकेको छ ।

हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो ।

गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन नभएको अाजको नयाँ पत्रिकामा समाचार छ ।

सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ । करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु-याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पु-याइएको छ । तर, मागको तुलनामा यो निकै न्यून परिमाण हो ।

ढुवानी समस्याका कारण डेढ महिनाअघि जम्मा दुई हजार क्विन्टल चामल मात्र हुम्ला पुगेपछि ढुवानीमा सहजता ल्याउन नेपाली सेनाका ढुवानीसाधनको प्रयोग गर्ने निर्णय भएको थियो ।

दश हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो । तर, सो सहमतिपछि पनि जम्मा १ सय १७ क्विन्टल चामल मात्र हुम्लामा झरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment