Comments Add Comment

‘आजको डायरी’मा संचिता लुइटेलः ‘छोरा-छोरीको स्याहार, पहिरनको ट्रायल’

sanchita-daily-diary
म आज बिहान ५ बजे उठेँ । म प्राय बिहान साढे ४ देखि ५ बजेसम्म उठिसक्छु । बिहान उठेर आफू फ्रेस भएपछि छोराछोरीलाई पनि केहि खुवाउनु पर्छ । ८ बजे उनीहरुलाई लिन बोर्डिङको भ्यान आइपुग्छ । बिहान त छोराछोरीलाई तयार पार्नमा नै चटारो हुन्छ ।

बिहान उनीहरुलाई होमवर्क गराएँ । तयार पारेर पठाएपछि बल्ल अलिकती फुर्सद भयो । यसपछि, म पनि क्लब गएँ । मेरो घर नजिकै क्लब छ । क्लबमा करिब साढे २ घन्टा व्यायम गरेँ । क्लबमै म चिनी बिनाको कालो कफि पिउँछु ।

साढे ११ बजे म घर आइपुगेँ । घर आएपछि आज एउटा इन्टरम्यू भयो । करिब १ घन्टा लामो इन्टरभ्यू सकिएपछि मैले मिटिङ सकेँ । भोली, धादिङमा ‘मिस्टर एन्ड मिस धादिङ’को आयोजना हुँदैछ । यसैका लागि पहिरनको ट्रायल गर्नु थियो ।

डिजाइनर नै घर आउनु भएको थियो । यसपछि, भोली हुने कार्यक्रममा के कस्तो गर्ने भनेर आयोजकसँग छलफल पनि भयो । २ बजे मैले बल्ल खाना खाएँ । मैले खाना खाएको केहि समयपछि छोराछोरी आइपुगे । उनीहरुलाई फ्रेस बनाएर क्लासमा पठाएँ । उनीहरुको घरमै क्लास हुन्छ । उनीहरु क्लासमा गएपछि म भने टीभी हरेर बसेँ ।

आज खास त्यस्तो काम केहि पनि भएन । दिनभर नै घरमै आराम गरेर बसेँ । अब, बेलुका थोरै खाना खान्छु । अनी छोराछोरीलाई होमवर्क गराएपछि सुत्छु ।
म बिहान चाडै उठ्ने भएकाले पनि बेलुका त ८ देखि साढे ८ बजेसम्म सुतिसक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment