शाहरुख खानलाई यही उपमाले पुकार्न चाहन्छन्, उनका प्रशंसक । शाहरुख त्यस्तो सुपरस्टार हुन्, जसको एक झलक पाउन प्रशंसक आफ्नो ज्यानलाई दाउमा राख्छन् ।
अभिनेताको सूचीमा उनी विश्वमै धनाढ्यमा गनिन्छन् । भारतवर्षमा उनको लक्जरियस वासस्थानको चर्चा हुने गर्छ । फिल्मबाहेक विभिन्न उत्पादनको विज्ञानबाट शाहरुखले करोडौं कमाउँछन् ।
यी बलिउड बादशाहको क्रिकेट क्लव पनि छ, कोलकोता नाइट राइडर्स । उनी क्रिकेटका सौखिन हुन् । खासगरी परिवारप्रति अत्यान्तै वफादार अभिभावकको रुपमा शाहरुखलाई चित्रित गरिन्छ । करियरको ठूलो उतार-चढावबीच पनि उनले पारिवारिक सन्तुलन गुमाएनन् ।
पैसा सरसापट गरेर कमिक्स किन्थे
शाहरुखले एक प्रसंगमा बाल्यकालको सम्झना गरेका छन्, ‘त्यसबेला मसँग कमिक्स खरिद गर्ने पैसा हुँदैनथ्यो । आफन्त र साथीभाईसँग सरसापट खोजेर कमिक्स किन्थें ।’
शाहरुखको पारिवारिक पृष्ठभूमि उनको समकक्षीको जस्तो छैन । न उनी धनाड्य परिवारका हुन्, न बलिउडकर्मीका सन्तान । आमिर खान, सलमान खान भन्दा भिन्न पृष्टभूमीबाट उनको उदय भएको हो ।
शाहरुख मध्यमबर्गिय परिवारमा जन्मिए । पिता मीर ताज मोहम्मद खान बिटि्रस इन्डियाका पेशेवर स्वतन्त्रता सेनानी थिए । भाडाको एक अपार्टमेन्टमा बस्थे । जन्मस्थान दिल्लीमै उनले प्रारम्भिक शिक्षा लिए, सेन्ट कोलम्बिया स्कुलबाट ।
सानोतिनो नाटकबाट करियर
स्कुले जीवनमा शाहरुखले केहि पुरस्कार हात पारेका थिए । ति पुरस्कार उनलाई खेलकुदबाट मिलेको थियो । उनी खेल्नमा सौखिन थिए । त्यहीताका हो, उनी नाटकमा खेल्न थालेको । स्थानियस्तरमा हुने सानोतिनो नाटकमा उनी भूमिका पाउथे ।
हंसराज कलेजमा भर्ना भएका बखत उनी धेरैजसो समय थिएटर एक्सन ग्रुपमा बिताउथे । थिएटर निर्देशक बैरी जनको सामिप्यमा उनले अभिनय सिके । त्यसपछि उनले जनसंचारमा स्नातकोत्तरको पढाई सुरु गरे तर, उनमा अभिनयको भोग जाग्न थालेको थियो । एकातिर पढाई, अर्कोतिर अभिनय । उनले दोस्रो बाटो समाते ।
फिल्मकै जस्तो प्रेम कथा
शाहरुखले त्यसबेला बिवाह गरे, जतिबेला उनी करियरको लागि संघर्षको चरणमै थिए । दुबै एकै विद्यालयमा पढ्थे । शाहरुख १२ का विद्यार्थी, गौरी ९ कक्षाकी ।
शाहरुख गौरीलाई असाध्यै मन पराउँथे, बिहे गर्न चाहन्थे । तर, परिस्थिती अनुकुल थिएन । पहिलो त गौरीले शाहरुखलाई खासै महत्व दिदैनथे । तर, विस्तारै शाहरुखले गौरीको मन जित्दै गए । अन्ततः गौरीले आफुसँग प्रेम गर्न राजी भइन् । तर, गौरीको परिवारलाई यो स्विकार्य भएन । यसरी पारिवारिक अड्चन खेप्दै बढेको प्रेम कथाको अन्ततः ‘ह्यप्पी इन्डिङ’ भयो । पन्जाबी हिन्दु रीतिरिवाज अनुसार उनीहरुको बिवाह भयो ।
टेलिऋंखलामा चिनिए
अचम्म मान्नुपर्दैन, शाहरुख कुनैबेला टेलिऋंखलामा अभिनय गर्थे । यो उनको करियरको सुरुवाती चरण थियो । त्यसताका उनले दिल दरिया, फौजी, सर्कस जस्ता टेलिऋंखलाबाट आफुलाई चिनाएका थिए । यो सन् १९८० तिरको कुरा हो ।
पहिलो फिल्ममै हिट
कडा श्रम र निरन्तरको लगावले शाहरुखको करियर उकालो ग्राफमा चढ्दै गयो । उनी यस्ता भाग्यमानी ठहरिए, जसको पहिलो फिल्म नै हिट भयो । ‘दिवाना’बाट बलिउड डेब्यु गरेका शाहरुखलाई यहि फिल्मले सर्वोत्कृष्ट नवोदित अभिनेताको फिल्मफेयर अवार्ड दिलायो ।
भिलेनबाट हिरो
करियरको पूर्वाद्धमा शाहरुख खल पात्रको रुपमा जमे । डर, बाजीगर, अन्जाम जस्ता फिल्ममा उनले नेगेटिभ रोल गरे । जबकी यस्तो भूमिकामा अन्य अभिनेताले राजी हुदैनथे । एक प्रसंगमा उनले खुलाएका छन्, ‘मैले त्यसबेला उक्त रोल पनि स्विकार गरें । किनभने, मलाई लाग्थ्यो म त्यती राम्रो छैन, जो हिरो बन्न सक्छ । त्यसैले भिलेन नै बन्नुपर्छ ।’ ऋषि कपुर, अमिताभ बच्चन जस्तो बन्ने दौडमा भन्दा पनि अभिनय गर्ने तिब्र इच्छाले उनलाई उकासेको थियो ।
दिलवाले दुल्हनिया ले जायेंगेबाट उनी फरक भूमिकामा देखिए । १९९५ मा प्रदर्शनमा आएको यो फिल्मबाट उनको रोमान्टिक छवीलाई थप शसक्त बनाइदियो ।
दिलवाले दुल्हानिया ले जायेंगे जस्ता ब्लाकबस्टर फिल्म दिएपछि उनले दिल तो पागल है, कुछ कुछ होता है, कभी खुसी कभी गम, कल हो ना हो जस्ता फिल्ममा खेले । यि सबै फिल्मले उनलाई करियरको त्यो बिन्दुमा पुर्यायो, जहाँ संभावनाको अनन्त ढोका खुला थियो ।
तर, उनी रोमान्टिक लभर ब्वाईको छवीमा मात्र सीमित भएनन् । देवदास, स्वदेश, चक दे इन्डिया, माइ नेम इज खान जस्ता फिल्ममा भिन्न-भिन्नै चरित्रमा उनले आफुलाई अब्बल सावित गरे ।
गौरीको अगाडि काँतर
शाहरुख त्यो स्थानमा छन्, जसका लागि एक-एक सेकेन्डले महत्व राख्छ । यद्यपी व्यवसायिक जीवनको यो घेराबन्दीबाट उम्किएर उनी आफ्नो परिवारसँग रमाउँछन्, घुम्छन्, खेल्छन् । पत्नी र छोराछोरीप्रति उनले जुन किसिमको छवी बनाएका छन्, त्यो सेलिव्रेटीका लागि निकै चुनौतीपूर्ण हुन्छ ।
के पनि भनिन्छ भने, शाहरुख आफ्ना पत्नी गौरीसँग अत्यान्तै डराउँछन् । उनले पत्नीसामु झुट समेत बोल्दैनन् । त्यस्तो अवस्थामा उनको जिव्रो लरबराउँछ । बलिउड उद्योगमा एउटा ठट्टा नै छ, ‘शाहरुख आफ्नी पत्नीले स्कुल युनिर्फमा लगएर सुटिङमा पठाए भनेपनि, चुपचाप स्विकार गर्छन् ।’
मन्नतका मालिक
भनिन्छ, शाहरुख अहिले जति फेमस छन्, उत्तिनै उनको घर ‘मन्नत’ पनि । उनको यो घर ‘पर्यटनस्थल’ जस्तै बन्न थालेको छ । विख्यात आर्टिस्ट किकु गान्धीबाट उनले यो घर खरिद गरेका थिए । यो घरको भव्य इन्टेरियरको बारम्बार चर्चा हुने गरेको छ । शाहरुखको दुबईको एक कृतिम आइल्यान्डमा समेत शानदार बंगाला छ । जुमेराहस्थित यस आलिशान घरको नाम सिग्नेछर भिल्ला हो । लन्डनमा समेत शाहरुखले घर खरिद गरेका छन् ।
विवादका वादशाह
बिलिउड बादशाह बेलावखत निकै बिवादमा फस्ने गरेका छन् । शाहरुख आफ्ना समकक्षी सलमान र आमिरसँग विवादमा फसिसकेका छन् । कटरिना कैफको जन्मदिन मनाउन पुगेका सलमान र शाहरुखवीच ठूलै विवाद चर्किएको थियो, २००८ मा । उसो त करियरको पूर्वाद्धमा शाहरुख र सलमान मिल्ने साथी थिए । पछि उनीहरुवीच यति विवाद चर्कियो कि, त्यसले दुवैको सम्वन्धमा ठूलो चिरा पार्यो ।
एकताका प्रियंका चोपडासँग रात विताएको भन्ने आरोप समेत खेप्नुपर्यो, शाहरुखले । पि्रयंकासँगको रोमान्सको हल्लाले शाहरुखको दाम्पत्यमै ठूलो हलचल ल्यायो ।
शाहरुखका नजिकका साथीमध्ये एक हुन्, निर्देशक फराह खान । तिनै फराहका पति शिरीष कुन्दरलाई एक पार्टीमा उनले थप्पड बजाइदिए । अधिकांश बलिउडकर्मी रमाइरहेका स्थानमा उनले शिरीषलाई थप्पड हानेका हुन् । यस्तै थप्पड उनले र्याप गायक हनी सिंहलाई पनि हानेका थिए ।
छोरीको साथ क्रिकेट हेर्न पुगेका शाहरुख र स्टेडियमका कर्मचारीबीच भएको घम्साघम्सीले पनि ठूलै विवादको रुप लियो ।
एकपटक मुम्वाई हमालाका योजनाकार हाफिज सईदले दिएको अभिव्यक्तिबाट पनि शाहरुख विवादमा परे । हाफजले ‘शाहरुख खान भारतमा असुरक्षित छन् । त्यसैले उनलाई पाकिस्तानमा स्वागत छ’ भन्ने खालको अभिव्यक्ति दिएका थिए । यस सम्वन्धमा पछि शाहरुले आफ्नो स्पष्टिकरण नै दिनुपर्ने अवस्था आएको थियो ।
नजिकबाट शाहरुख
पत्नी- गौरी खान
छोरी- सुहाना
छोरा- आर्यन र अबराम
जन्म-१९६५ नोभेम्बर ०२
उचाई- ५ दशमव ८ इन्च फिट
तौल- ६७ केजी
राशी- बृश्चिक
धर्म-इश्लाम
सबैभन्दा मिल्ने साथी -अर्जुन रामपाल, फराह खान, रोहित शेट्टी, काजोल, करण जौहर, ऋतिक रोशन
शौख- कम्प्युटर गेम खेल्ने, ग्याजेट्स संग्रह र क्रिकेट खेल्ने
मनपर्ने खानेकुरा- तन्दुरी चिकन
मनपर्ने अभिनेता- दिलीप कुमार र अमिताभ बच्चन
मनपर्ने अभिनेत्री- मुमताज, सायरा बानो
मनपर्ने खेल-क्रिकेट
मनपर्ने रंग- कालो
कार कलेक्सन- बेन्टले कन्टिनेन्टल जीटी, आँडी ए-६, बीएमडब्ल्यू-७ सीरीज, बिएमडब्ल्यु-६ सीरीज, ल्यान्ड क्रुजर, रोल्स रायल ।
पारिश्रमिक- प्रति फिल्म ४० करोड रुपैयाँ