Comments Add Comment

सय करोड नजिक अक्षयको ‘केशरी’

भारतीय बक्स अफिसमा नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘केशरी’ सफल देखिएको छ । यो चलचित्र बक्स अफिसमा सय करोड नजिक पुगेको छ । चलचित्रले नेपाली बक्स अफिसमा भने निकै कमजोर व्यापार गरेको छ । भारतीय बक्स अफिसमा बिहिबार २१.०६ करोडको ओपनिङ गरेको चलचित्रले शुक्रबार १६.७५ करोडको कमाई गरेको थियो ।

चलचित्रले शनिबार १८.७५ करोडको कमाई गर्दा आइतबार भने २१.७५ करोडको कमाई गरेको थियो । चार दिनमै लोभलाग्दो व्यापार गरेको चलचित्रले सोमबारबाट भने भारी गिरावट सहनुपर्यो । सोमबार यो चलचित्रले बक्स अफिसमा ८.२५ करोडको कमाई गर्दा मंगलबार भने ७.१७ करोडको कमाई गरेको छ ।

चलचित्रको व्यापारमा भारतमा चलिरहेको ‘आइपीएल क्रिकेट’ले पनि असर गरेको छ । चलचित्रले मंगलबारसम्म आइपुग्दा ९३.४९ करोडको कमाई गरेको छ । चलचित्रले वुधबार सय करोडको आँकडा छुने अनुमान गरिएको छ । करण जोहरको निर्माणमा बनेको चलचित्रमा नायक अक्षय कुमार र नायिका परिणिती चोपडाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment