+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपथ्यले होलीमा हङकङ गुञ्जाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १६:५४

२३ फागुन, काठमाडौं । लोक-रक ब्यान्ड नेपथ्यले होलीकै दिन पारेर हङकङमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । होलीको रंगीन पर्वमा नेपथ्यले संगीतको सात सुर थपेर रौनक बढाउनेछ ।

नेपाल बाहिर सबैभन्दा बढी पटक हङकङमा प्रस्तुति दिएको ब्यान्डले फागुन २९ मा ‘इयोन लङ अडिटोरियम’ मा नयाँ-पुराना गीतहरु पस्किनेछ । सो दिन कन्सर्टको सुरुवातमा नेपथ्यले भर्खरै  सार्वजनिक गरेको गीतबाट गर्नेछ-

‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’

यो गीत प्रस्तुत भइरहँदा हङकङमै लामो समयदेखि बस्दै आएका यो गीतका सर्जक विक्रम गुरुङ पनि दर्शकदीर्घामा हुनेछन् । यो गीत गुरुङले ०३० को दशकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पढ्दै गर्दा तयार पारेका थिए ।

‘यो सिर्जना पहिलोपटक उहाँलाई उहाँकै कर्मभूमिमा सुनाउने क्षणको व्यग्र प्रतीक्षामा छु’, गायक अमृत गुरुङले भने ।

नेपथ्यलाई सुरुवाती दिनमा उभ्याउन टेवाको काम गर्ने भीम पुन पनि हङकङमै बस्दै आएका छन् । ब्यान्डको संघर्षको बेलादेखि नै हङकङवासीबाट साथ पाउँदै आएकोले यो शहरसँग नेपथ्यको धेरै सम्झना गाँसिएका छन् । त्यसैले हङकङ यात्रा सांगीतिक प्रस्तुति मात्र नभई आफन्त भेट्ने र पुरानो सम्झनामा एकाकार हुने क्षण पनि बन्ने गरेको छ ।

हङकङस्थित ‘तमु एसोसिएसन’ को निमन्त्रणामा त्यसतर्फ जानलागेको नेपथ्यले आठौं रोधी साँझको अवसरमा प्रस्तुत दिने एसोसिएसनका अध्यक्ष गणेश गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?