३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पशुपति शम्शेर राणासहित वरिष्ठ नेताहरु अनुपस्थित भएका छन् ।
केन्द्रीय समिति बैठकको पूर्वसंध्यामा मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष कमल थापासँगै दीपक बोहोरासहितका पदाधिकारीहरु उपस्थित छन् । तर, राष्ट्रिय अध्यक्ष राणासँगै वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, हरिबहादुर बस्नेत, नवराज सुवेदी र बालाराम घर्ती मगर गएनन् ।
केन्द्रीय सदस्यहरुको मनोनयनलाई लिएर राणा समूह अध्यक्ष थापासँग असन्तुष्ट बनेका छन् ।